भानुआटुले विदेशीलाई पासपोर्ट बेचेर अर्थतन्त्र उकास्यो

नेपाली जनता

एजेन्सी । ओसियान राष्ट्र भानुआटुको आफ्नो पासपोर्ट बेचेर कोरोनाभाइरस र आँधीले अस्तव्यस्त भएको देशको अर्थतन्त्र उकासेको छ।

बेलायती समाचार पत्र द गार्डियनका अुनसार भानुआटुले कोभिड-१९ प्याकेज र आँधीले पुर्‍याएको क्षतिका बीच यो वर्षका छ महिनामा ३३.३ मिलियन अमेरिकी डलर बचत गरेको छ।

कोरोनाभाइरसका कारण विश्वव्यापी रूपमा अर्थतन्त्रलाई असर गरे पनि भानुआटुको अर्थतन्त्र चलायमान रह्यो। यसमा भानुआटुको विवादित ‘नागरिकता ब्रिक्री कार्यक्रम’ ले ठूलो हिस्सा ओगेटेको छ।

जुनको अन्त्यसम्ममा सरकारले ६२.६ मिलियन अमेरिकी डलर राजश्व उठाएको छ। यो रकम चालु वर्ष नागरिकता बिक्रीबाट कमाउने अनुमान गरिएको राजश्वको ८० प्रतिशत हो।

भानुआउटुको नागरिकता लिनका लागि १ लाख ३० हजार अमेरिकी डलर (१ करोड ५५ लाख रुपैयाँ) तिर्नुपर्छ।

यो रकममध्ये ८० हजार डलर सिधै सरकारलाई जान्छ। बाँकी रकम एजेन्टले प्राप्त गर्छन्। एजेन्टले प्राप्त गर्ने रकममा १५ प्रतिशत कर लाग्नेछ।

सरकारले कार्यक्रम ल्याएपछि अहिले एजेन्ट बन्ने क्रम पनि बढेको छ। अहिलेसम्म ९० जना एटेन्टले लाइसेन्स लिइसकेका छन्।

एजेन्ट हुनका लागि भानुआटुमा जन्मिएको वा भानुआटुको अंगीकृत नागरिकता भएको व्यक्ति हुनु पर्छ।

कार्यक्रममार्फत अहिलेसम्म ६५० जना व्यक्तिले भानुआउटुको नागरिकता लिँदै पासपोर्ट प्राप्त गरिसकेका छन्।

युरोपियन युनियनका देशहरू, बेलायत, रसिया, हङकङलगायतमा भिसा पाउन गाह्रो हुने अन्य देशमा भानुआटुको पासपोर्ट बोकेको व्यक्तिलाई अन-एराइभल भिसा प्राप्त हुन्छ। जसका कारण भानुआटुको पासपोर्टको माग अप्रत्यासित रूपमा बढेको हो।

लकडाउनअघिको तथ्याङ्कअनुसार भानुआटुको पासपोर्ट खरिद गरेका व्यक्तिमध्ये अधिकांश त्यहाँ बस्ने गरेका छैनन्।

भानुआटुको पासपोर्ट खरिद गरेकामध्ये केही मात्र आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइएको छ। यसअघि भानुआटुको पासपोर्ट लिएका चार जना चाइनिजलाई इन्टरपोल रेड नोटिस जारी गरेको खुलेको थियो।

यस्तै दुई जनाको निवेदन रद्द भएको थियो। उनीहरु भानुआटुमै पक्राउ परेका थिए।

‘नागरिकता ब्रिक्री कार्यक्रम’ को आलोचना भएपछि भानुआटुका प्रधानमन्त्री बब लाफम्यानले कार्यक्रमको पुनरावलोन गर्ने बताएका छन्।

यो पनि पढ्नुहोस  पाँचदलीय गठबन्धनले एमालेलाई उछिन्छ- आचार्य, पोखरा महानगर प्रमुखका प्रत्यासी

सन् २०१६ देखि गरिएको यो कार्यक्रमबाट भानुआटु सरकारले अन्तरिक ऋण तिरिरहेको छ। वर्षको सुरूमा उसले चीनको १३ मिलियन अमेरिकी डलर ऋण समयअगावै तिरेको थियो।

यसअघि भानुआटुका जनता ‘नागरिकता ब्रिक्री कार्यक्रम’ प्रति आक्रोसित थिए। सरकारले कार्यक्रममार्फत् अर्थतन्त्रमा ठूलो योगदान पुगेको बताएपछि अहिले सरकारको आलोचना कम हुँदै गएको छ।

५,भाद्र.२०७७,शुक्रबार २०:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: