एकैदिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ

नेपाली जनता

लमजुङ । एकैदिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

गुरुङले ११/११ वर्षीय दुई जना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।

उनले भने, ‘गुरुङले गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो।’

सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबार मात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ।

पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ। एघार र नौ वर्षकी बालिका एउटै परिवारको रहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस  निर्मलाको सामुहिक बलात्कारः हत्याराद्वारा अपराध स्वीकार !
२०,भाद्र.२०७७,शनिबार १५:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: