कविता–कोरोना करहमा नगाइएका कथाहरु

नेपाली जनता

चीननमा जन्मी युरोप घुम्दै नेपाल आयो कोरोना
विश्वको कथा बोकेर पनि कसले सुन्ने मेरो बेदना

रेष्टुरेन्टको जगिर, साहुको शोषण, ग्राहकको दुब्र्यवहार
भिखारीझैं माग्नु पर्ने आफैंले गरेको कामको तलब

कोरोना आयो, लकडाउन भयो, बन्द भयो अचानक काम
न खाने कुरा, न कोठा भाडा छैन है जाने ठाम

साहुको फोन सम्पर्कविहिन रित्तो हात हुने जागिर
कस्तो दिनमा पुगेछु काममा सकियो बाँच्ने आधार

कथा त मेरो धेरैले गाए कोरोना बिचैमा
नङग्याई मेरो ईज्जत शान बनाइए रित्तै म

बिदेश जानु काम गरी खानु मेरो के पाप हो
साहुको शोषण, गर्भको बच्चा मर्नु न बाँच्नु भो

देश त ल्यायो सरकारले यसै घर जाऊँ कसरी
आफ्नै सन्तानलाई लुकाउनु पर्दा मन रुन्छ धरधरी

हाँसी र मजाक आमा शब्दकै गरियो अपमान
आत्माको कथा आत्मामै रह्यो पढ्ने कोही भएन

कामको खोजिमा भौतारीईरहँदा बिहेको नाटकमा
एउटाले बेच्यो थाहा नै नदिई दिल्लीको कोठीमा

ग्राहकको भिड, कोरोना डर, सारेर बेपत्ता
पहिल्यै रोगले गलेको शरीर कोरोना भो थप

मर्ने र बाँच्ने ढलपलको जीवन कसलाई पोखौं यो रोष
ज्यूँदैमा नर्क भोगेर बाँच्नु के थियो मेरो दोष

ईज्जतका कथा, गल्तीका कथा गाउँछ समाज
कोरोना बिचमा जीवनको पीडा सुन्ने नै को छ र ?

हाम्रा कथा नि सुनिनु पर्छ कोरोना कहरमा
बाँच्नको लागि संघर्ष हाम्रो गाउँ र शहरमा

पीडाका कथा, शोषणका कथा गाउन थालौं है
बेचबिखन, हिंसा अन्त्यका लागि एक जुट बनौं

बेचविखन अन्त्य न्यायपूर्ण समाज सबैको सपना
नेपाली छोरी देशको शान यहि नै चाहाना
बेचविखन अन्त्य समाजको लागि गर्दछु कामना

यो कविता इ-आवाजबाट साभार गरिएको हो ।

यो पनि पढ्नुहोस  धरणीधर कोइरालाको १२६ औं जन्मजयन्तीका अवसरमा २४ कलाकृति प्रदर्शन
२१,भाद्र.२०७७,आईतवार १९:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: