पेरिसडाँडामा आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने तय

नेपाली जनता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आज बस्ने तय भएको सचिवालय बैठक स्थगित भएको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो।

‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२।३० बजे बालुवाटारमा बस्ने भएको छ,’ श्रेष्ठले ट्वीट गरेका छन्।

यसअघि पहिलो पटक आइतबार नेकपा सचिवालय बैठक पेरिसडाँडामा बसेको थियो।

आइतबारको बैठकमा मन्त्रिमण्डल हेरफेरका विषयमा छलफल भएको थियो।

यो पनि पढ्नुहोस  दीगो विकास लक्ष्यको लेखा परीक्षण गर्ने
५,आश्विन.२०७७,सोमबार १०:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: