पछिल्लो २४ घण्टामा आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

नेपाली जनता

काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको जनाए ।

शनिबार दुई हजार १ सय २० जना संक्रमित थपिएका थिए ।

त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ३ सय २९ रहेको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

यो पनि पढ्नुहोस  कोरोना संक्रमितको ज्यान गयो धुलिखेल अस्पतालमा
१८,आश्विन.२०७७,आईतवार १६:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: