सप्तरीमा बालिका यौन दुर्व्यवहारको आरोपमा वृद्ध पक्राउ

नेपाली जनता

जनकपुरधाम । बालिकामाथि यौन दुव्र्यबहारको घटनामा उन्मुक्ति पाएका वृद्धले सप्तरीमा फेरि त्यस्तै घटना दोहोर्‍याएको पाइएको छ ।

तिरहुत गाउँपालिका–५ लोहजारामा ७ वर्षकी बालिकालाई स्थानीय ७६ वर्षका लक्ष्मी महतोले बलात्कार प्रयास गरेको उजुरी प्रहरीकामा पुगेको छ । गाउँकै बालिकालाई घरमा बोलाएर दूधभात खान दिएर उनले बलात्कारको प्रयास गरेका इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी नरेश सिंहले बताए । महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तिरहुत ५ का वडा अध्यक्ष रमानन्द चौधरीले महतोले बालिकालाई घरमा बोलाएर दूध भात खान दिई उनको कपडा खोलेको बताए । बालिका चिच्याउन थाल्दा स्थानीयहरु गएर बालिकाको उद्धार गरेको उनले बताए ।

वडा अध्यक्ष चौधरीका अनुसार महतोले ५ बर्षअघि पनि गाउँकी एक बालिकासँग यस्तै किसिमको यौन दुव्र्यबहार गरेका थिए । ‘त्यस बेला गाउँले मिलेर उनलाई ६ सय रुपैयाँ जरिवाना तिराएर छाडिएको थियो’ चौधरीले भने, ‘तर उनले पुनः यस्तो घटना गरेका छन् ।’

यो पनि पढ्नुहोस  विश्वव्यापी खोप अभियान कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न आग्रह
१२,मंसिर.२०७७,शुक्रबार १८:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: