प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको सम्झनामा बनाइएको सहिद स्मारक ठाउँ सानो भएको बताएका छन् ।

नेपाली जनता
nepalijanta73@gmail.com

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको सम्झनामा बनाइएको सहिद स्मारक ठाउँ सानो भएको बताएका छन् ।
शुक्रबार सहिद दिवसका अवसरमा लैनचौरस्थित सहिद स्मारक पार्कमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा उनले सहिदहरुको श्रद्धाञ्जलीका लागि ठाउँ सानो भएको बताएका हुन् । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत पनि सहभागी थिए ।

उनले विदेशी पाहुनाहरु आउँदा पनि सजिलैसँग श्रद्धाञ्जली अपर्ण गर्न सकिने गरी पर्याप्त पार्किङ भएको ठाउँमा सहिद स्मारक बनाउनु पर्ने बताए । ‘प्रधानमन्त्री निवासको नजिकैको बालुवाटारको जमिन होस् अथवा यस्तै अन्य जमिनहरु होस्, उहाँले भन्नु भयो ‘सहज ढङ्गले सहिदहरुलाई श्रद्धाञ्जली गर्न सकिने ठाउँमा सहिद स्मारक बनाउनु पर्ने छ ।’

अर्को वर्ष फराकिलो ठाउँमा सहिदहरुको योगदान र गरिमा झल्कनले गरी एउटा स्मारक निर्मााण तथा विस्तार गर्ने उनले बताए

त्यस्तै सहिद सप्ताह मूल समारोह समितिका संयोजक तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहिदहरुले राष्ट्रको मुक्तिका लागि जहाँनिया शासनविरुद्ध लडेको बताए ।

‘उहाँहरुले कुनै पनि हिंसात्मक आन्दोलन गर्नु भएन, उनले भने, ‘उहाँहरुले विभिन्न ठाउँमा आज हामी उभिएर बोले जस्तै त्यसबेला जनचेतना जगाउने हिसाबले जहाँनिया शासनको विरुद्धमा बोल्दा खेरी विभिन्न ठाउँबाट पक्राउ गरेर विभिन्न प्रलोभन दिदाँ पनि त्यसमा फसेनन् । उहाँहरुको एउटै उदेश्य देशको मुक्ति हो ।’

सहिद दिवसका अवसरमा शुक्रबार काठमाडौं महानगरपालिकाको संयोजनमा शान्तिवाटिकाबाट प्रभातफेरी गरिएको थियो । सहिदको सम्मानमा सेना र प्रहरीले पनि मार्चपास गरेका छन् । सहिदका तस्बिर अंकित बग्गीसहित शान्तिवाटिकाबाट लैनचौरस्थित सहिद उद्यानसम्म मार्चपास गरिएको हो ।

यो पनि पढ्नुहोस  कोरोना संक्रमणबाट पत्रकार दाहालको निधन
१६,माघ.२०७७,शुक्रबार १४:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: