मङगलबार २४ घण्टामा १७९ जनामा कोरोना पुष्टि

काठमाडौँ । मंगलबार थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा २ लाख ७१ हजार २ सय ८९ संक्रमितको संख्या पुगेको छ ।

मङगलबार २४ घण्टामा २५९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय ३ छ

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ७८ हजार ९८ परीक्षणहरु गरिएको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९५ रहेको छ ।

पछिल्लो २४ घन्टामा थप एक जनाको काेराेना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।

यो पनि पढ्नुहोस  कोरोना उपचारमा खटिन निजी अस्पतालका डाक्टरलाई सरकारले दियो अवसर
२०,माघ.२०७७,मंगलवार १७:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: