‘संविधानले प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार दिएको छैन’

नेपाली जनता

काठमाडौं । एमिकस क्युरी अदालतका साथी का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले नेपालको संविधानमा प्रधानमन्त्रीलाई विशेषाधिकार नभएको बताएका छन् ।

संवैधानिक इजलासमा बुधबार आफ्नो बहस सुरु गरेका खरेलले आफू चार प्रश्नमा केन्द्रित हुने बताएका थिए ।

बहसका क्रममा उनले संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको तर्क गरेका छन् । ‘संविधानमा विशेषाधिकार सम्बन्धी २ वटा धारा छन्, धारा १०३ र धारा १८७’ वरिष्ठ अधिवक्ता खरेलले अघि भने, ‘हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार छैन ।

बोल्दै नबोली प्रधानमन्त्रीको हकमा लुत्त लुत्त विशेषाधिकार राख्नुपर्ने किन हुन्छ र हाम्रो संविधानले कल्पनै नगरेको विशेषाधिकार छ भन्न मिल्दैन ।’

२०४७ को संविधानमा भएको धारा ५३ र ४० हटाउनु भनेको लुकाएर राखेको नभएको समेत उनले बताए ।

खरेलले संविधानको धारा ८५ मा ‘यस संविधान बमोजिम’ भनेको ७६ र ७० नै भएको बताए ।

यो पनि पढ्नुहोस  सिंहदरबारमा चोरको बिगबिगी: प्रधानमन्त्रीले रोपेको बिरुवादेखि गाडीको टायरसमेत गायब
५,फाल्गुन.२०७७,बुधबार १३:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: