ताप्लेजुङको दोभान बजारमा आगलागी

नेपाली जनता

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । बिहान करिब ९ बजेदेखि आगलागी भएको हो ।

आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिए ।

उनले भने, ‘आगो फैलिँदै गएको जानकारी आएको छ, म आफैं त्यहाँ जाँदै छु ।’

आगलागीको कारण खुलेको छैन । आगोले पुर्‍याएको क्षतिको विवरण पनि आइसकेको छैन ।

यो पनि पढ्नुहोस  सशस्त्रमा संगठनविरोधी एन्टीग्रुप
१८,फाल्गुन.२०७७,मंगलवार १०:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: