सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको भाउ तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ मंगलबारकालागि ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । यस्तै आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थिए ।

यो पनि पढ्नुहोस  अमेरिकी डलर ६ महिनायताकै उच्च बिन्दुमा, नेपाली अर्थतन्त्रमा कस्तो पर्ला असर ?
१८,फाल्गुन.२०७७,मंगलवार ११:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: