ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४० भन्दा बढी घर जले

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताए । उनका अनुसार स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् ।

आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार गाडीमा करिब एक घण्टा लाग्छ ।

आगलागीको कारण खुलेको छैन । आगोले पुर्याएको क्षतिको विवरण पनि आउन बाँकी छ ।

दोभान ताप्लेजुङ जिल्लाको दोस्रो ठूलो बजार हो । यहाँ काठले बनेका कच्ची घरहरु धेरै छन् । बाटो पनि साँघुरो छ । दोभान बजारमा एक सय जति घरहरु रहेको स्थानीय बताएका छन् ।

यो पनि पढ्नुहोस  सम्बन्ध बिगार्ने ३ वटा खराब बानीहरु, तपाईमा पनि हुन सक्छ !
१८,फाल्गुन.२०७७,मंगलवार १२:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: