शेरबहादुर देउवाले भने, ‘मलाई प्रधानमन्त्री बन्ने लोभ छैन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बन्न लोभ नभएको बताएका छन्।

शनिबार देउवा निवासमा बुढानिलकण्ठमा आयोजित एक कार्यक्रममा देउवाले प्रमुख प्रतिपक्षी दलको नेता भनेको ‘वेटिङ प्राइममिनिष्टरु भए पनि आफू भने प्रधानमन्त्री पदको पछि नलागेको बताएका हुन्।

‘प्रमुख प्रतिपक्षी दलको नेता भनेको ‘प्राइममिनिष्टर इन वटिङ’ हो, तर म त्यसमा पनि छैन हेर्नुस्’, उनले भने, ‘मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन। यस्तामा लाग्नु पनि छैन।’

प्रतिनिधिसभा बैठक भोलि बस्दैछ।

नेकपाको प्रचण्ड-नेपाल पक्षले दर्ता भइसकेको अविश्वास प्रस्ताव अगाडि नबढाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरूसँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने संकेत गरेको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आफ्नो दलले अविश्वासको प्रस्ताव ल्याउने संकेत गरेका छन्।

यो पनि पढ्नुहोस  प्रधानमन्त्री केपी शर्मा ओलीले भने, 'देशको विविधतालाई द्वन्द्वको विषय बनाउनु हुन्न'
२२,फाल्गुन.२०७७,शनिबार १३:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: