मेलम्चीको पानी सुन्दरीजलमा, मेलम्चीको पानी देखाउँदै ओलीले भने गर्नुहोस घरघरमा दिपावली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी सुन्दरीजलमा खसेसँगै लामो सपना पुरा भएको बताएका छन्।

शनिबार मेलम्चीको पानी काठमाडौंमा खस्ने कार्यक्रमको अवलोकनपछि सम्बोधन गर्दै ओलीले आफ्नो कपाल फुल्दा पुरा भएको बताए।

‘कुरा भएको त धेरै भयो,’ ओलीले भने, ‘कुरा चल्दा मेरो कपाल कालै थियो । पुरा हुँदा मेरो कपाल कतै कालो रहेन् ।’ आफ्नै पार्टीबाट काम हुन नदिएको कुरा आफूले गरेको र आज त्यो प्रमाणित भएको बताए।

‘लामो समयपछि सपना पुरा भएको छ,’ उनले भने, ‘मुख्य उपलब्धी हासिल गरेका छौं । यसै सरकारका पालामा । कहिलेकाँही आफ्नै पार्टीबाट काम हुन दिएनन् भन्नुपथ्र्यो । अब त प्रमाणित भयो होला नि । दिन दिनै ठूला–ठूला शिलान्यास र उद्घाटन भइरहेका छन्।’

काठमाडौंलाई पानी दिनु भएकोमा ओलीले सिन्धुपाल्चोकबासीलाई समेत दिए।

‘यसक्रममा केहीले ज्यान गुमाउनुपर्‍यो,’ उनले भने, ‘त्यो प्राविधिक कारणले भएको थियो । म यस सफलताको घडीमा उहाँहरूप्रति सहानुभूति जनाउ चाहन्छु ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव समूहलाई लक्षित गर्दै भने– साथीहरु जहाँ पायो त्यहीँ लड्डु खाने हैन, यस्तो बेलामा खानुपर्छ । खास खुशि भनेको यो हो ।’

यो पनि पढ्नुहोस  दल र गुट फेर्नेलाई मन्त्री पद, नेपाल समूह आउट
२२,फाल्गुन.२०७७,शनिबार १८:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: