नेपालमा छायांकन भएको ‘सन्दिप और पिंकी फरार’मा परिणिता र अर्जुनको द्वन्द्व

नेपाली जनता

एजेन्सी । भारत नेपाल सीमानामा छायांकन भएको फिल्म ‘सन्दिप और पिंकी फरार’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। अर्जुन कपूर र परिणिती चोपडाको मुख्य भूमिका भएको यो फिल्म ‘ओय लकी लकी ओय’, ‘खोसलाका घोसला’, ‘संघाईु जस्ता चर्चित फिल्मका निर्देशक दिवाकर बेनर्जीले निर्देशन गरेका हुन्।

सार्वजनिक ट्रेलरमा नेपालका केही दृश्यहरु पनि देख्न सकिन्छ। नेपाल–भारत सीमानामा पर्ने बैतडी झुलाघाट नाका क्षेत्रमा छायांकन गर्न ‘सन्दिप और पिंकी फरार’ दुई वर्षअघि फिल्म समूह नेपाल आएको थियो।

फिल्म छायांकन भएको क्षेत्र बैतडी जिल्लाको महाकाली नदी किनारमा पर्ने भारतको उतराखण्ड राज्यसँग व्यापार गर्ने मुख्य नाका हो। महाकाली नदीले भारतको सिमाना छुट्याएको र नदीको पारिपट्टी भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला पर्छ।

फिल्ममा सिमाना क्षेत्रमा हुने अवैध आप्रवास र तस्करीको विषय समेटिएको छ। यशराज फिल्म्सको ब्यानरमा बनेको फिल्म यही १९ मार्चमा सार्वजनिक हुँदैछ।

फिल्ममा जयदीप अहलावत र नीना गुप्ताको पनि मुख्य भूमिकामा छ। यसअघि अर्जुन र परिणितीले ‘इशकजादे’ र ‘नमस्ते इंगल्याण्ड’मा सँगै अभिनय गरेका थिए।

यो पनि पढ्नुहोस  कलाकार जन्माउँदै टेलिचलचित्र ‘च्युर्लुङ झ्याईं’ (भिडियो सहित)
२७,फाल्गुन.२०७७,बिहीबार १३:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: