
काठमाडौं । नेकपा माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव आजदेखि शुरू भएको केन्द्रीय समिति बैठकमा पेश भएको छ । बैठकको तेस्रो एजेण्डामा पार्टीको नाम फेर्ने सम्बन्धमा सदस्यहरुको राय मागिदैछ ।
सोही एजेण्डामा कन्युनिष्ट पार्टीबीच एकीकरणको विषय पनि समेटिएको केन्द्रीय सदस्य शिवबहादुुर बस्नेतले जानकारी दिए । पार्टीको नाम के राख्ने भन्ने चाहिँ प्रस्ताव गरिएको छैन ।
माओवादीभित्र नेकपा समाजवादी वा नेपाली कम्युनिष्ट पार्टी कुन नाम राख्ने भन्नेबारे छलफल चलिरहेको छ । कतिपयले भने माओवादी ब्राण्ड छाड्न नहुने अडान पनि लिएका छन् ।
१,चैत्र.२०७७,आईतवार १३:११ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्