बेइजिङमा यसरी बहन थाल्यो धुलाम्ये हावा

नेपाली जनता

एजेन्सी । चीनको राजधानी बेइजिङमा सोमबार बिहानैदेखि धुलाम्ये हावा बहन थालेको छ। इनर मंगोलिया र उत्तर(पश्चिमी चीनका भागहरूबाट आएको हावाले बेइजिङको जनजीवन प्रभावित पारको हो।

चाइना मेट्रोलोजिकल एडमिनिस्ट्रेसनले सोमबार यलो अलर्ट जारी गरेको छ। इनर मंगोलियाबाट बालुवा मिसिएर आएको हावा बेइजिङ वरपरका गान्सु, सान्सी र हेबेई प्रान्तमा पनि फैलिएको छ। बेइजिङमा आज भिजिविलिटी १ हजार मिटरमात्र रहेको सिजिटिएनले जनाएको छ।

सोमबार बिहान बेइजिङको वायु गुणस्तर मापनको तह अधिकतम ५०० सम्म पुगेको छ। पिएम १० भनिने हावामा तैरिने कणहरू एक क्युबिक मिटरमा २ हजार माइक्रोग्रामसम्म पुगेको जनाइएको छ।

पिएम २.५ पनि एक क्युबिक मिटरमा ३ सय माइक्रोग्रामसम्म पुगेको छ। पिएम२.५ चिनियाँ मापदण्डअनुसार प्रति क्युबिक मिटर ३५ माइक्रोग्राम हुनुपर्छ।

मार्च र अप्रिलमा बेइजिङमा प्रायस् यस्तो बालुवा मिसिएको हावा बहने गर्छ। गोवी मरभूमिको नजिक भएकाले र उत्तरी चीनमा बन फडानीको कारण यस्तो हुने गरेको हो।

बेइजिङ र आसपासका क्षेत्रमा पछिल्लो साता प्रदुषणको तह बढ्दै गएकव अधिकारीहरूले बताएका छन्।

यो पनि पढ्नुहोस  सिङ्गापुरका १४ हजार एचआइभी पीडितको गोप्य विवरण सार्वजनिक
२,चैत्र.२०७७,सोमबार ०८:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: