घरआँगनमा रहेको कलालाई सामाजिक रुपमा उजागर गर्नुपर्नेमा उपकुलपतिको जोड

नेपाली जनता

काठमाडौँ। धार्मिक, सांस्कृतिक एवं जातीय पहिचान राख्ने लोककलाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित इनरुवामा प्रदेश १ स्तरीय लोककला कार्यशाला सुरु गरिएको छ ।

इनरुवा नगरपालिकाको सहयोगमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान लोककला विभागद्वारा आयोजित कार्यशालाको उद्घाटन गर्दै कुलपति केके कर्माचार्यले घरआँगनमा रहेको कलालाई सामाजिक रुपमा उजागर गर्नुपर्ने बताएका थिए ।

उनले भने “आफ्नै आँगनमा भएको कला नै लोककला हो । हाम्रा चाडपर्व, रितिरिवाज, सामाजिक कार्यहरूमा बनाइने कला नै लोककला हो ।”
उहाँले विभिन्न जाति, जनजातिहरुले परम्परागत रुपमा लोकलाको संरक्षण गर्दै आएको चर्चा गर्दै संरक्षणमा निरन्तरता र प्रवद्र्धनका लागि सामाजिक अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिए।

यस्तै, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले मठ, मन्दिर, गुम्बा, मस्जिदसँग सम्बन्धित लोकसंस्कृति र लोककला लोप हुने स्थितिमा रहेकाले त्यसको संरक्षणका लागि लोककला कार्यशाला आयोजना गरिएको बताए।

यसैगरी, प्रतिष्ठानको लोककला विभाग प्रमुख तथा प्राज्ञ मिथिलादेवी यादवले प्रतिष्ठानले सबै प्रदेशमा पुगेर लोककलाको खोजी, गोष्ठी, कार्यशाला र प्रदर्शनी गर्दै आएको बताए।

नवयुग बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रको संयोजनमा आइतबारदेखि सुरु भएको तीन दिने कार्यशालामा प्रदेश १ का सुनसरी, झापा, विराटनगर, काँकडभित्ता, इनरुवा लगायत स्थानका २४ भन्दा बढी कलाकारको सहभागिता रहेको प्राज्ञ मिथिलादेवी यादवले जानकारी दिए ।

यो पनि पढ्नुहोस  कोरोना भाइरसको संक्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु
२,चैत्र.२०७७,सोमबार २०:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: