ओखलढुंगाको चिसङ्खुगढीमा आगलागी,पानीको अभाव भएकाले स्याउलाले निभाउने प्रयास

नेपाली जनता

ओखलढुङ्गा । ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका ४ मा रहेको जङ्गलमा मंगलबार रातिदेखि आगलागी भएको छ । आगलागी समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन ।

बस्ती छेउमा रहेको जङ्गलमा आगलागी सुरु भएपछि स्थानीयबासी र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।

स्थानीय प्रहरी टोलीले आगो नियन्त्रणमा लिन नसकेपछि सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले थप टोली घटनास्थलतर्फ गएको संखुवासभाकी प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताइन् । जङ्गलमा आगलागी भएकाले स्याउलाले निभाउने प्रयास भइरहेको उनले बताइन् ।

मंगलबार रातिबाट आगलागी सुरु भएको थिए । निभाउने प्रयास जारी छ , उनले भनिन्, विकट ठाउँ भएकाले दमकल जानसक्दैन्, पानीको अभाव भएकाले स्याउलाले आगो निभाउने प्रयास भइरहेको छ ।

यो पनि पढ्नुहोस  प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक आज ११ बजेदेखि
४,चैत्र.२०७७,बुधबार ११:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: