नेपाल पक्षले भन्यो, ‘राष्ट्रिय भेलामा अध्यक्ष ओलीको राजीनामा मागिएको छैन’

नेपाली जनता

काठमाडौं । माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको भनेर गलत प्रचार भएको नेताहरुले बताएका छन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले परिस्थितिलाई थप उत्तेजक बनाउन यस्तो प्रचार गरिएको बताए ।

रिजालले भने, ‘कतिपयले भेलामा प्रस्तुत अवधारणापत्रमा पार्टी अध्यक्षबाट ओलीको राजीनामा मागिएको र नयाँ नेतृत्व तोक्नुपर्ने कुरा उल्लेख भएको प्रचार गरेका छन्, जुन गलत र परिस्थितिलाई थप उत्तेजक बनाउने कुरा मात्रै हो ।

रिजालले राष्टिय कार्यकर्ता भेलामा प्रस्तुत अवधारणापत्रमा आफूले भनेको कुरा अध्यक्ष केपी ओलीले मान्नुभएन भने के गर्ने भन्नेबारेमा उल्लेख नहुनुको कारण पार्टी एकता नै रहेको दाबी गरे ।

रिजालले भने, ‘पार्टीमा विवाद छ, मतभेद छ । तर, हामी सबैले आफ्नो भविष्य बलियो र सुदृढ नेकपा एमाले भित्र खोज्ने हो, बाहिर होइन र यो भेला त्यही एकतामा दवाव र जोड दिनका लागि भइरहेको छ । त्यसैले पार्टी एकताका लागि अध्यक्षबाट नै पहल र नेतृत्व हुनुपर्छ भन्ने अपेक्षा अन्यथा हुँदैन ।

पार्टी विधान अनुसार चल्छ र चलाउन सकिन्छ भनेर नै थप कुरा उल्लेख नगरिएको अर्थमा बुझ्नु उपयुक्त हुने रिजालले बताए । ओलीबाट पार्टीलाई एकताबद्ध बनाउने प्रयास होस भन्ने आफूहरुले चाहेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस  लकडाउन खुकुलो पार्ने विषयमा मन्त्रिपरिषदमा छलफल,मोडालिटी दुई दिनभित्र पेश गर्न उच्चस्तरीय समितिलाई जिम्मा
५,चैत्र.२०७७,बिहीबार ११:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: