‘कलामा स्त्रीशक्तिको प्रतिबिम्ब’ पाटनको चाकुपाटस्थित ग्लासिक ग्यालरीमा सुरु

नेपाली जनता

काठमाडौं । नेपाली कला क्षेत्रमा स्थापित दश महिला कलाकारको सामुहिक चित्रकला प्रदर्शनी ‘कलामा स्त्रीशक्तिको प्रतिबिम्ब’ पाटनको चाकुपाटस्थित ग्लासिक ग्यालरीमा सुरु भएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित चित्रकला प्रदर्शनीमा कलाकार विधाता केसी, जस्मिन राजभण्डारी, कुन्ति थापा मगर, नम्रता सिंह, रविता किसी, रिति महर्जन, रुकुमणि श्रेष्ठ, सरिता डंगोल, सौरगंगा दर्शनधारी र सुशिला सिंहका पेन्टिङ, प्रिन्टमेकिङ र सेरामिक कला प्रदर्शनमा राखिएका छन् । प्रदर्शनीमा राखिएका १५ वटा चित्रकला, ११ वटा प्रिन्टमेकिङ र १० वटा सेरिमिक्स कलामा खासगरी महिला अनुभूतिका प्रतिबिम्बलाई प्रस्तुत गरिएको छ ।

महिलामाथि हुने हिंसा र भेदभाव अन्त्यका लागि सरकारी, गैरसरकारी र नागरिक तहमा धेरै कार्यक्रम हुने गरेका छन् । यद्यपि, महिलाले भोग्ने पीडालाई पुरुषले जबसम्म बुझ्ने, चिन्तन गर्ने र प्रतिबिम्बित गर्ने गर्दैनन् तबसम्म महिलामाथि हुने हिंसा र भेदभावमा नियन्त्रण आउन सक्दैन भन्ने सन्देश कलाकार रुकुमणि श्रेष्ठले आप्mनो कलामार्फत् प्रस्तुत गर्नुभएको छ । ध्यान र योगको माध्यमबाट मानिसको दिमागमा उत्पन्न हुने जंगली चिन्तनलाई बदल्न सकिन्छ भन्ने सन्देश उहाँका चित्रमा छन् । प्रायः सबैजसो कलाकृतिले महिला मनोभावना, महिलामाथि हुने विविधखाले भेदभाव र हिंसा मनोविज्ञानलाई चित्रित गरेका छन् ।

यो पनि पढ्नुहोस  राष्ट्रिय अरनिको प्रज्ञा–सम्मान र राष्ट्रिय ललितकला पुरस्कार घोषणा
६,चैत्र.२०७७,शुक्रबार १८:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: