नटवोल्टमा खान्छन कृष्णहरी महिनामै लाखौ, आफ्ना ‘कु’ कर्म रोक्न खेल्छन यस्तो खेल

नेपाली जनता

काठमाडौं । काठमाडौं उपत्यका बासीको खानेपानीको माग अत्याधिक बढेपछि यहि मागको पूर्तीका लागि बोरिङ पम्प मार्फत पानीको आफूर्ती भएको थियो ।
यहि पानीलाई काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ट्रीटमेन्ट प्लान्टको सहयोगमा शुद्धिकरण गरेर रिजब्ब ट्यांकीहरुमा पठाउर्दै आएको छ ।
यहि पानीले काठमाडौं वासीले खानेपानीको प्यास मेटाउदै आएका छन । काठमाडौंका परम्परागत खानेपानीका स्रोतहरु सुक्दै गएको र काठमाडौंमा खानेपानीको आफुर्ती गर्न स्रोतहरुको अभाव भएपछि भूमिगत स्रोतको अत्याधिक दोहन हुर्दै आएको छ ।
काठमाडौंमा मेलम्चीको पानी नआएसम्म यहि भूमिगत स्रोतनै खानेपानीको मुख्य आधार हुने छ ।
काठमाडौं उपत्यकामा हजारौं बोरिङ पम्पहरु मार्फत भुमिगत पानीलाई सतहमा ल्याउने काम गरिन्छ । यो भूमिगत पानीलाई प्रशोधन लागि ट्रीटमेन्ट प्लान्टहरु निर्माण गरिएको छ ।

काठमाडौं उपत्यकाको पम्प र प्यान्टको मर्मतको काम केयुकेएल मेकानिकल शाखाबाट हुर्दै आएको छ । यहाँका पम्प र प्यान्टहरु समय समयमा मर्मत गरिरहनु पर्ने हुन्छ । यसको मुख्य भूमिकामा छन, इन्जीनियर कृष्णहरि बुढाथोकि ।
यस्ता पम्प र प्यान्ट आक्समिकरुपमा पनि निर्माण गर्नुपर्ने हुन्छ । यस्ता मर्मतमा केयूकेएल शाखाहरुको पनि दायित्व र भुमिका उस्तै हुने गरेको समाचार स्रोतको दावी छ ।

तर, यसरी मर्मत गरिने पम्प र प्लान्टमा व्यापक अनियमितता र भ्रष्टाचार हुने गरेका समाचार छन ।
यहाँ एउटा पानी शुद्धिकरण गर्ने प्लान्टको मर्मत खर्च पचासौ लाखसम्म पनि पर्ने गर्छ । यस्ता धेरै खर्च आउने पम्प र प्लान्ट मर्मतमा समेत कोटेश्नमा काम गर्नुपर्ने हुन्छ । यस्ता पम्प र प्लान्टको मर्मतका लागि शाखाहरुले केन्द्रलाई अनुरोध गर्ने र केन्द्रले मेकानिकल शाखालाई आदेश दिएपछि काम अगाडि बढ्ने प्रक्रिया गरेको छ । सोहि प्रक्रिया अनुसार मेकानिकल शाखाले लागत स्टीमेट सहित विल बनाउने चलन रहेको समाचार स्रोतले दावी गरेको छ ।
यसरी आउने वीलहरु प्रायः खरिद ऐन नियम अनुसार बनाउने गरेको समाचार छ । हरेक वील पाँच लाख बराबरकै बन्दै आएका छन । सबै वील पाँच लाखकै बन्नु र सोहि अनुसार भुक्तानी हुनुलाई सेटिङमा हुने भ्रष्टाचारको रुपमा हेरिन थालिएको छ । पम्प र प्लान्टहरु मर्मत नगरिकन नै मर्मतका वील भुक्तानी हुने गरेका समाचार प्राप्त भएका छन ।

यो पनि पढ्नुहोस  निजगढ विमानस्थलको ईआईए सर्वोच्चमा : फाइलसहित हाजिर हुन आदेश

यसरी काम हुने शाखाहरुमा महाँकाल चौर शाखा, महाराजगञ्ज शाखा, बानेश्वर शाखा बढी रहेको समाचार स्रोतको दावी छ ।
यसै विषयमा मेकानिकल शाखाका प्रमुख बुढाथोकिसँग कुरा गर्दा विचार गरेर सोचेर समाचार लेख्नुस भन्ने धम्कीको भाषामा प्रयोग गरेका छन । उनले यसरी बन्ने टिप टुयुवेलहरु आफु अनुकुलकै शाखाहरुको आसपासमा निर्माण गरेर कम्पनीलाई करोडौको नोक्सानी पुर्‍ याउदै आएका छन । उनले एक ठाउँको काम अर्कै ठाउँमा गरेर लाखौ रुपयाँ कमाउने धन्दा चलाएका छन ।

आफ्ना धन्दालाई ढाकछोप गर्न समय समयमा यूनियनका नेताहरुको शरणमा पर्नु उनको मण्डी ओढेर ध्यू खाने चलन जस्तै हो ।
यस विषयमा अर्को अंकमा प्रमाण सहित प्रकाशित गरिनेछ ।
https://nepalijanta.com/article/166115.htmlबुढाथोकिले खाए टेण्डर एक ठाउँमा, काम अर्कै ठाउँमा गरेर करोडौ रुपयाँ

९,चैत्र.२०७७,सोमबार २०:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: