प्रदेश १ संसदीय एमाले दलको बैठक जारी, माधव पक्षका सांसदहरू पनि सहभागी

नेपाली जनता

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठक जारी छ ।

संसदीय दलका नेता मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा जारी बैठकमा ३१ सांसद सहभागी छन् । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका टंक आङबोहाङ पनि उपस्थित भएका छन् ।

संसदीय दलको बैठकमा सहभागी नहुने बताए पनि माधव नेपाल पक्षका केही सांसदहरू उपस्थित भएका छन् । माधव तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी लगायतका नेताहरू बैठकमा गएका छन् ।

यो पनि पढ्नुहोस  कपनको ढलमा खसेर मृत्यु भएका १० वर्षीय उज्ज्वल विश्वकर्माको परिवारलाई राहतस्वरूप ४ लाख दिने सहमति
११,चैत्र.२०७७,बुधबार ११:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: