दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट भयो ह्याक

नेपाली जनता

काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ।

उनको फेसबुक अकाउन्ट ह्याक गरी एक लाख रुपैयाँसमेत मागिएको निरौलाले सेतोपाटीलाई जानकारी दिइन्।

कलाकार सरोज खनालको पनि अकाउन्ट ह्याक भएको उनले बताइन्।

‘सरोज खनालको नामबाट बहिनी कता छौ? एउटा कुरा गर्नुछ। यो कोड एकचोटी पठाऊ त भनेर म्यासेज आयो। त्यसपछि मैले कोड पठाइदिएँ,’ निरौलाले भनिन्,’पठाएको एकछिनपछि हेर्दा त फेसबुक ह्याक भएको रहेछ।’

ह्याक गर्ने व्यक्तिले निरौलाको अकाउन्टबाट भान्जा सुमन गिरीलाई आफ्नो भाइ बिरामी भयो एक लाख रुपैयाँ पठाइदिनु भनेको उनले बताइन्।

‘मेरो अकाउन्टबाट भान्जा सुमन गिरीलाई मेरो भाइ बिरामी भयो एक लाख रुपैयाँ दिनु न भनेर पठाइएको रहेछ। त्यसपछि भान्जाले डिटेल्स माग्यो,’ उनले भनिन्,’ सरोज दाइको अकाउन्ट ह्याक भएको रहेछ।’

फेसबुक ह्याक भएकोबारे उजुरी दिन प्रहरी कार्यालयमा बुझिरहेको उनले जानकारी दिइन्।

‘अहिले साइबर ब्युरोमा जाँदै छु,’ उनले भनिन्।

यो पनि पढ्नुहोस  मोडलिङमा करियर खोजिरहेकी केलिनालाई सचिनको साथ
१२,चैत्र.२०७७,बिहीबार १८:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: