मेलम्चीको पानी प्रशोधन केन्द्र हेर्न सुन्दरीजल पुगिन्, बिना मगर मेलम्चीको पानी आउने भयो भन्दै काठमाडौँ बासीलाई खुशी व्यक्त गरिन्

नेपाली जनता

काठमाडौं । पूर्वखानेपानी मन्त्री बिना मगर आफ्ना दलबलसहित मेलम्ची आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुगेकी छन् । प्रशोधन केन्द्र निरीक्षणपछि उनले मेलम्चीको पानी पिउने काठमाडौंबासीको सपना पूरा हुन लागेको भन्दै खुशी व्यक्त गरिन् ।

मगरले फेसबुकमा लेखेकी छन्, ‘आज मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरियो । मेलम्चीको पानी आज प्रशोधन केन्द्रमा हालिएको छ ।अब काठमाडौंको घर घरमा खानेपानी आउँदैछ ।

उनले आफूहरुको अथक मेहनत र योजनाअनुसार मेलम्ची आयोजनाको कामले तीब्रता पाएको दावीसमेत गरेकी छन् । यद्यपि उनी खानेपानी मन्त्री हुँदा आयोजनाको काममा ढिलाइ भएको आरोप पनि लागेको थियो ।

यो पनि पढ्नुहोस  कलंकी–नागढुंगा सडकः सरकारले नदेखेपछि स्थानीयले नै पुरे खाल्डाखुल्डी
१३,चैत्र.२०७७,शुक्रबार १४:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: