जापानको कोबे शहरको सागा ग्यालरीमा नेपालका ३३ जना कलाकारको प्रदर्शनी सुरु

नेपाली जनता

काठमाडौं । जापानको कोबे शहरको सागा ग्यालरीमा नेपालका ३३ जना कलाकारको प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा जापानका १५ जना कलाकारको समेत सहभागिता रहेको छ । ‘आर्ट विदाउट बोर्डर–५’ शृङ्खला अन्र्तगत आयोजित ‘आर्ट इज हार्ट’ शीर्षक प्रदर्शनीमा नेपाली कलाकारका चित्रकलालाई ‘स्क्रिन’ प्रदर्शनी गरिने छ ।

कलाकार डा.आस्था प्रभा तुलधारले विश्वमा शान्ति, मैत्री र करुणा फैलाउने एक माध्यमका रुपमा रहेको कला प्रदर्शनीमा नेपाली कलाकारको सहभागिताले नेपाली कला प्रवद्र्धनमा सहयोग पुर्याउने बताउनुभयो । जापानमा नेपाली कला प्रदर्शनीको चाँजोपाँजो डा. तुलाधरले संयोजन गर्नुभएको हो । प्रदर्शनीमा जापानी कलाकारहरू कावानिशी इचुमी, मासुइ आया, पेन, योशिहिरो नोजोमी, सातो चिएको, इशिखावा फुजिमी, मिजुनो युकारी, तातेबे मिकी, सुजुकी मादोका, सातो हिमोती, सुगीउरा मामी, आस्था तुलाधर, जेनिफेर हिना, ओहाशी नाचुमी र नागाफुसा खाजुहिरोका चित्रकला राखिएका छन् । त्यस्तै, नेपाली कलाकारहरु सरिता डंगोल, रबिता किसी, दिवस बज्राचार्य, सुशिला सिंह, नम्रता सिंह, सुजिता महर्जन, सन्ध्या सिलवाल, कुन्तीश्री थापा मगर, रिति महर्जन, निलेश शाक्य, दीपमाला महर्जन, रुकमणि श्रेष्ठ, संजीत महर्जन, निलुता राजभण्डारी, माला श्रेष्ठ, रोशन प्रधान, फुर्वा लामा, श्रीभक्त प्रजापति, एनबी गुरुङ, हरिप्रसाद शर्मा, निरज श्रेष्ठ, कृष्णभक्त डंगोल, अयुषा शाक्य, प्रमिला बज्राचार्य, सबिता डंगोल, इशान परियार, शिवानी राना तिमिल्सिना, सुष्मा राजभण्डारी, न्यहूजः रोय, लसता शाक्य, उस्नता श्रेष्ठ, सबि बज्राचार्य र गिल्डा बिबिआनो पेंसोका कलाकृतिको ‘स्क्रिन’ प्रदर्शनी गरिएको छ ।

महिलाका लागि महिला नेपाल र सासाबुने तथा हानेचुजुरीको संयुक्त आयोजनामा शुक्रबारबाट सुरु भएको प्रदर्शनी चैत २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

कलाकार डा. तुलाधरकाले कोबेमा संयुक्त प्रदर्शनी गर्नुको उद्देश्यबारे चर्चा गर्नुहुँदै भन्नुभयो, “कोबे शहर एक प्रतीक हो । हान्शिन आवजी भूकम्प आएर यो शहरको जनजीवन कठिन भएको थियो । त्यस्तै, नेपालमा भूकम्प गएको पनि छ वर्ष बितिसकेको छ । अप्रिल महिनामा यस प्रदर्शनी कोबे शहरमा आयोजना गर्नुको पछाडि अर्थ, कठिन समयमा पनि धैर्य गरी एक जुट भई कदम चाल्नुपर्छ भन्ने सन्देश पनि लुकेको छ ।”

२०,चैत्र.२०७७,शुक्रबार २०:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: