लायन्स शम्भुप्रसाद घिमिरे यस कारण अन्तर्राष्ट्रिय निर्देशक, सबै पूर्व गर्भनरहरुको घिमिरेलाई सर्मथन

नेपाली जनता

काठमाडौं । विश्वभर सञ्जाल भएको संस्था लायन्स क्लव अन्तर्राष्ट्रियको निर्देशकमा लायन शम्भुप्रसाद घिमिरेले उम्मेद्धवारी दिएका छन ।

लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ को तर्फबाट घिमिरेको निर्देशकमा उम्मेदवारी परेको हो । घिमिरेको होम क्लव रामेछाप लायन्स क्लव हो । यस क्लवबाट रामेछाप जिल्लामा समाजसेवाका धेरै कामहरु भएका छन । घिमिरेको पहलमा रामेछाप जिल्लाका सबै गाँउ र नगरमा यस क्लवले धेरै राम्रा कामहरु गरेको कुरा रामेछाप जिल्ला मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतले बताएका छन ।

तामाकोशि सेवा समिति, रामेछाप अस्पताल, रामेछाप जिल्लाका धेरै सामुदायीक स्कुलहरुका विद्यार्थीहरुलाई स्कुल झोला लगाएर विद्यार्थीहरुका लागि कपि, कलम न्यानो कपडा समेत वितरण गरेर यो क्लव रामेछाप जिल्लाका धेरै दुःखीहरुको मन र मनमा बस्न सफल भएको छ । यसका लागि लायन्स लिडर शम्भु प्रसाद घिमिरेको अतुलनिय योगदान छ । यहि घिमिरे नभएको यो सम्भबनै नहुने रामेछापका समाज सेवीहरुको भनाई रहेको छ ।

लायन्स क्लवहरु खुल्ने र बन्द हुने यो नियति भोग्दै आएका लायन्सहरुले अब लायन्स क्लवलाई पनि आर्थिक रुपले सवल बनाएर लैजाने तयारी गर्दै गरेका छन । लायन्स क्लवहरुको इतिहासमा गर्भनर भईसकेका लायन्स लिडरहरुको देवशान पछि क्लवहरुको पनि सँगसँगै अन्त हुने एउटा गम्भीर समस्या देखिएको छ । त्यस कारण अब यस्तो समस्या नहोस भन्ने हिसावले रामेछाप लायन्स क्लवले एउटा एैतिहासिक सहास गरेको छ ।

यसको सुरुवात लायन्स शम्भु प्रसाद घिमेरबाट शुरु भएको छ । यस क्लवका सदस्यहरुले क्लबको अक्षय कोष निर्माण गर्न प्रत्येक सदस्यले एक लाख हाल्ने निर्णय समेत क्लवको भेलाबाट पारित गरेको छ ।

यो कदमले अब लायन्स क्लवहरुले आर्थिक रुपमा कुनै झमेलामा बोकेर बस्नु नपर्ने भएको छ ।

घिमिरेको काम गर्ने शैली र निरन्तरताको प्रयासले घिमिरे अन्तर्राष्ट्रिय निर्देशक हुने कुरामा घिमिरेको होम क्लव रामेछाप लायन्स क्लव ढुक्क देखिएको छ ।
घिमिरेसँग सगैकाम गर्दै आएका लायन्स लिडरहरु सुर्दसनधर प्रधाङगा र मघुकर उपाध्यायल भन्छन, ‘उहाँ बाहेका अन्यले अन्तर्राष्ट्यि निर्देशकहूने सपना नराख्दा हुन्छ ।’

२४,चैत्र.२०७७,मंगलवार १०:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: