माधव नेपाललाई ओलीको आग्रह, आत्मालोचना गरेर पार्टीमा फर्किनुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् । तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उनले चेतावनी दिए ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष अ‍ोलीले भने, ‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं ।

उनले अघि भने, माधव नेपालजी आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना गर्नुस् ।

तर गुटबन्दी गरेर आउनेलाई स्वीकार नगर्ने उनले बताए । आफूलाई जति भनेपनि सहने, तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उनले बताए । नेता नेपालले अहिले पनि बोलिरहेको भन्दै उनले अघि भने, ‘म सीमा हेरिरहेको छु ।

यो पनि पढ्नुहोस  राउटे समुदायमा १२ वर्षीय बालिकाको बिहे ३१ वर्षीय युवासँग
३०,चैत्र.२०७७,सोमबार १६:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: