सङ्गीतकार देवकुमार द्रविडको म्युजिक भिडियो ‘सधैँभरि तिम्रो’ बुधबार सार्वजनिक

नेपाली जनता

काठमाडौँ । गायक तथा सङ्गीतकार देवकुमार द्रविडको म्युजिक भिडियो ‘सधैँभरि तिम्रो’ बुधबार सार्वजनिक गरिएको छ । बरिष्ठ सङ्गीतकार राजु सिंह र सञ्चारकर्मी दीपक विहीनले संयुक्त रुपमा म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।

प्रकाश थापा पुलामी मगरको शब्द, देवकुमार द्रविडको सङ्गीत र स्वर रहेको सधैँभरि तिम्रो।।बोल गीतको भिडियोको निर्देशन मौशम विक्रम शाहीले गर्नुभएको छ । भिडियोमा लक्ष्मी दुलाल र साइमन थापाले अभिनय गर्नुभएको छ । गीतमा बुद्ध स्याङ्वाले सङ्गीत संयोजन गरेका थिए । भिडियोलाई लुम्बिनी इन्टरटेनमेन्ट नेपालको युट्युव च्यानलमार्फत् अपलोड गरिएको जनाइएको छ ।

यो पनि पढ्नुहोस  भाइरल जोडी: फटाफट प्रेम, झटपट बिहे
२,बैशाख.२०७८,बिहीबार ०७:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: