चीनको विकासका लागी राष्ट्रपति सीलले खोजे नेपालसहित मुलुकको साथ

एजेन्सी । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा आयोजित समारोहमा पाण्डेसहित २९ मुलुकका राजदूतले प्रमाणपत्र बुझाए ।

नियुक्त भएको आठ महिनापछि राजदूत पाण्डेले चिनियाँ राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएका हुन् । प्रमाणपत्र बुझेपछि राष्ट्रपति सीले राजदूतहरुलाई सम्बोधन गरेका थिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको (कोभिड१९) नियन्त्रणमा चीनले अग्रणी भूमिका खेलेको र सम्बन्धित मुलुकका सरकारले पनि महामारी नियन्त्रणमा राम्रो भूमिका खेलेको भन्दै राजदूतमार्फत सन्देश व्यक्त गरेका थिए ।

यसवर्ष कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष पुगेको र चीनले समृद्धि हासिल गर्नको लागि सन् २०२५ सम्म चौंधौं पञ्चवर्षिय योजना घोषणा गरेको सीलले बताए ।
चीनले नयाँ विकासको दर्शन र आयाम आत्मसात गर्ने र यसले नागरिकको हित गर्ने लक्ष्य राखेको बताउँदै राष्ट्रपति सीले यो दर्शनअन्तर्गत अनुसन्धान, समझदारी, ग्रीन अवधारणा र विकास समावेश गरिएको जानकारी राजदूतहरुलाई गराए ।

राष्ट्रपति सीले सम्बन्धित मुलुकका राजदूतहरुमार्फत त्यहाँका राज्य प्रमुखहरुलाई शुभकामना समेत पठाएका थिए । अर्को वर्ष बेइजिङमा आयोजना हुन लागेको विन्टर ओलम्पिक प्रतियोगिता सफल पार्न सम्बन्धित राजदूतका मुलुकलाई सीलले आग्रह गरे ।

राष्ट्रपति सीले सम्बन्धित मुलुकलाई चीनसँगको द्धिपक्षीय सम्बन्धमा भूमिका खेल्न समेत आग्रह गरे ।

यो पनि पढ्नुहोस  सेलाएका काण्डैकाण्ड : सरकार किन उदासीन ?
२,बैशाख.२०७८,बिहीबार १४:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: