गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन विपक्षी दलको माग

पोखरा । प्रदेश प्रमुखले अकस्मात संसद अधिवेशन अन्त्य गरिदिएपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।

उनीहरुले विशेष अधिवेशन आह्वानको माग गर्दै बिहीबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिने निर्णय गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु विशेष अधिवेशन आह्वानको निर्णय गरी प्रदेश प्रमुखलाई भेट्न गएका छन् ।

यो पनि पढ्नुहोस  कारागारभित्रबाटै मार्ने धम्की
२,बैशाख.२०७८,बिहीबार १५:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: