प्रदेश २ मा सरकारले रामनवमीको दिन भोलि सार्वजनिक बिदा

जनकपुरधाम । प्रदेश २ सरकारले रामनवमीको दिन भोलि सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै रामनवमीको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका छन् ।

कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड र सरकारले जारी गरेको निर्देशनहरुको पालना गर्न पनि प्रदेशवासीसँग मुख्यमन्त्री राउतले अनुरोध गरेका छन् ।

रामनवमीको अवसरमा भव्य कार्यक्रम हुने जनकपुरस्थित राम मन्दिर र जानकी मन्दिरमा पछिल्ला २ वर्षमा कोरोना कहरको प्रभाव परेको छ ।

यो पनि पढ्नुहोस  निर्मलाको कपडा जलाइयो, मुचुल्कामा बुबाको औंठाछाप नक्कली
७,बैशाख.२०७८,मंगलवार १५:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: