होटेल क्वारेन्टिनमा बसेका पाहुनालाई स्वास्थ्य मापदण्ड पालना गर्न व्यवसायीको आग्रह

काठमाडौं । होटेल क्वारेन्टिनमा बसेका पाहुनालाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न व्यवसायीले आग्रह गरेका छन् । होटेल संघ नेपाल हानका महासचिव साजन शाक्यले होटेल परिसरबाट अतिआवश्यक काम नपरेसम्म बाहिर नजान आग्रह गरेका छन् ।

होटेलमा बसेका भारतीय नागरिक तथा अन्य मुलुकका नागरिकसमेत स्वतःस्फूर्त होटेलबाट निस्कने गरेको गुनासो बढेपछि हानले सचेत गराएको हो ।

विदेशबाट आउनेहरु १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ । तर, नेपाल आइसकेपछि आफ्नै खर्चमा पीसीआर परीक्षण गरी नतिजा नेगेटिभ आएपछि भने यात्रु होटेलमा बस्न नपर्ने नियम सरकारको छ ।

हानले होटेल क्वारेन्टिन व्यवस्थापन गरिरहेका होटेललाई एउटा कोठामा बढीमा दुई जनासम्म मात्र राख्न भनेको छ । उनीहरुका लागि चिया नास्ता र खाना समेत होटेलले व्यवस्थापन गर्न समेत हानले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस  प्रदर्शनमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश
१२,बैशाख.२०७८,आईतवार १४:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: