लामिछाने र आचार्य (काकु)लाई कोरोनाभाइरस संक्रमण पुष्टि, दुबैजना कलाकार आइसोलेसनमा

नेपाली जनता

काठमाडौं । अभिनेत्री सरिता लामिछाने र अभिनेता दीपकप्रसाद आचार्य (काकु)लाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सामाजिक संजालमार्फत बुधबार उनीहरुले संक्रमण पुष्टि भएपछि आफूहरु आइसोलेसनमा रहेको जानकारी गराएका छन् ।

‘सक्किगोनि’ नामक टेलिसिरियल सुटिङ गरेर फर्कँदा आफूलाई ज्वरो आउने र शरिर दुख्ने समस्या भएको आचार्यले जानकारी दिएका छन् । सक्किगोनी सिरियलमा उनी काकु नामले चर्चित छन् ।

अभिनेत्री लामिछानले कोरोना संक्रमणलाई खराब र पीडादायी भनेर उल्लेख गरेकी छिन् । आफ्नो सम्पर्कमा आउनेलाई सुरक्षित रहन पनि उनले आग्रह गरेकी छिन् ।

यो पनि पढ्नुहोस  नयाँवर्षमा रचनाले ल्याइन् ‘ह्याप्पी न्यू इयर’ गीत (भिडियो)
२२,बैशाख.२०७८,बुधबार १८:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: