कोरोना कहरमा कोहि कलाकार सिलिन्डर बोक्छन,कुनै कलाकार लाग्छन अमेरिका

नेपाली जनता

काठमाडौं । नेपालमा कोरोनाभाइरसको दोस्रो लहर भयावहतर्फ उन्मुख भइरहेको छ । यस्तो परिस्थितीमा नेपाली फिल्मको गतिविधि पनि अहिले पूर्णरुपमा ठप्प छ ।

फिल्म निर्माता र कलाकार अहिले घरमै फुर्सदमा छन् । कतिपय कलाकार अक्सिजन सिलिन्डर वितरणमा लागिरहेका छन् । कतिपय कलाकार कोरोनालाई छल्न विदेशतर्फ लागिरहेका छन् ।

अभिनेत्री एवं निर्देशक झरना थापा, छोरी सुहाना र उनका पति एवं निर्माता सुनिलकुमार थापाल बुधबार राती अमेरिकातर्फ प्रस्थान गरेका छन् । ‘ए मेरो हजुर ४’ छायांकनपछि उनीहरु अमेरिका लागेका हुन् ।

सरकारले विहिबार मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपछि उनीहरु हतारमा त्यसतर्फ लागेका हुन् । झरनाकी छोरी अमेरिका रहेरै अध्ययन गर्छिन । थापा परिवार कोरोना साम्य भएपछि मात्र नेपाल आउने तयारीमा छ ।

यो पनि पढ्नुहोस  ओलीलाई वामदेवको सुझाव, प्रचण्डसँग कुरा गर्नुहोस्, वाम सरकार जोगाउनुहोस्
२३,बैशाख.२०७८,बिहीबार १४:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: