उपसचिवको कोरोना सङ्क्रमणबाट निधन

नेपाली जनता

काठमाडौँ । संसद् सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना सङ्क्रमणबाट निधन भएको छ ।

तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रवार बिहान सहिद मेमोरियल अस्पताल कलङ्कीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको २२ गते स्वाब सङ्कलन गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

केही समय अगाडि उनको पत्थरीको अपरेसनसमेत गरिएको थियो ।

यो पनि पढ्नुहोस  कोरोनाविरुद्धको खोप माग्दै, धनुषाका शिक्षक धर्नामा बसे
२४,बैशाख.२०७८,शुक्रबार १५:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: