मन्त्रीपरिषद्को आजको निर्णय दुई देशको अन्तर्राष्ट्रिय उडान खोल्ने, प्रधानमन्त्रीले जतिसक्दो चाँडै विस्वासको लिने मत

नेपाली जनता

काठमाडौँ । सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको पनि उनले बताएका छन ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाडै संसदबाट विस्वासको मत लिने जानकारी पनि उनले गराए । कति समयमा लिन लाग्नुभएको हो भन्ने एक विज्ञासामा उनले भने, यसै दिन भन्ने छैन, कुरा यति हो जति सक्दो जाडै विस्वासको मत लिने विषयमा छलफल भएको छ।’

यो पनि पढ्नुहोस  अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन
३,जेष्ठ.२०७८,सोमबार २१:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: