कैलालीमा चौथोपल्ट थपियो निषेधाज्ञा, खुल्ने सरकारी बैंकमात्र

नेपाली जनता

कैलाली । कोरोना संक्रमण नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा कैलालीमा थप गरिएको छ ।

तेस्रो पटक जारी गरिएको निषेधाज्ञा सकिन नपाउँदै जिल्ला प्रशासन कार्यालय कैलालीले चौथोपटक जेठ १३ गते सम्मको लागी निषेधाज्ञा थप गरेको हो ।

सरकारी बैंकबाहेक सबै बैंक बन्द गरिने जनाइएको छ । औषधि÷उपचार लगायत अत्यावश्यक काम बाहेक बाहिर निस्कन प्रतिवन्ध लगाइएको छ ।

विवाहको लागि ब्यानरसहित बेहुला/बेहुली राखेर बढीमा २ गाडी ५/५ जनागरी १० जना मात्रै जान पाउने बताइएको छ ।

कैलालीमा वैशाख १६ गते निषेधाज्ञा सुरु भएको हो ।कोरोना संक्रमण नियन्त्रणमा नआएको भन्दै जिल्लामा थप कडाइसहित निषेधाज्ञा गरिएको कैलालीका प्रमुख जिला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

यो पनि पढ्नुहोस  भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन
५,जेष्ठ.२०७८,बुधबार ०७:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: