अब चार्टर्ड उडानबाट विदेश जान पाउने नेपाली नागरिक

नेपाली जनता

काठमाडौं । अब चार्टर्ड उडानबाट नेपाली नागरिकले समेत हवाई उडान गर्न सक्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बुधबार यस्तो सर्कुलर आएको छ ।

सरकारले नियमित उडान रोकेर चार्टर्ड उडानलाई भने अनुमति दिएको छ । अहिले चार्टर्ड उडानमा विदेशी नागरिकलाई मात्र उडानको अनुमति दिइएको थियो । प्राधिकरणका अनुसार नयाँ निर्णय अनुसार अब नेपालबाट विदेश जाने प्रयोजनका लागि नेपालीले समेत अनुमति पाउने छन् ।

यसले वैदेशिक रोजगारीमा जान अडि्कएका नेपाली नागरिक लाभान्वित हुने छन् । तर, व्यवसायीले भने नेपाल एयरलाइन्सलाई प्राथमिकता दिएर नियमित उडान खोल्न आग्रह गरेका छन् । चार्टर्ड उडानमा चर्को मूल्य पर्ने भन्दै यस्तो आग्रह गरेका हुन् ।

यो पनि पढ्नुहोस  चितवनमा पहिरोमा पुरिएर २ जनाको मृत्‍यु, एकै घरका ३ बेपत्ता
६,जेष्ठ.२०७८,बिहीबार १७:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: