देउवा निवासमा विपक्षी गठबन्धनसहित माधव नेपाल सहभागि बैठक जारी

नेपाली जनता

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधव नेपाल सहितका नेताहरु छलफलमा जुटेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेपछि चाल्ने कदमबारे उनीहरुबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक कदम भन्र्दै प्रतिपक्षहरु बैठकमा जुटेका हुन । ।

यो पनि पढ्नुहोस  बाबुको मुख हेर्ने दिन, गोकर्णेश्वरमा तर्पण, सिदा दान र श्राद्ध गर्नेको भीड
७,जेष्ठ.२०७८,शुक्रबार १२:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: