बलात्कारका आरोपमा दुर्गाबहादुर दमै पक्राउ

नेपाली जनता

स्याडजा । बलात्कार गरेको आरोपमा प्रहरीले हिजो बिरुवा गाउँपालिका–४ खुदीका दुर्गाबहादुर दमैलाई पक्राउ गरेको छ ।
एक २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ६० वर्षीय दमैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

बाख्रा चराउन जङ्गलमा गएकी युवतीलाई बलात्कार गरेको भन्ने जाहेरीका आधारमा दमैलाई पक्राउ गरेर जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कर्यालय स्याङ्जाले जनाएको छ ।

यो पनि पढ्नुहोस  तराइका आदिवासी थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ
१२,जेष्ठ.२०७८,बुधबार ०६:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: