माधव नेपाल भने, ‘प्रतिनिधि सभा विघटन गणतन्त्र समाप्त पार्ने कोशिस’

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गलत मनशायबाट पटक पटक प्रतिनिधि सभा विघटन गरिनुले गणतन्त्र समाप्त पार्ने कोशिस भइरहेको आशंका उत्पन्न भएको बताएका छन् ।

१४ औं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा नेपालले वक्तव्य जारी गर्दै प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउँदै फेरी प्रतिनिधि सभा विघटन गरिनु स्वेच्छारी र पतिगामी कदम भनेका छन् ।

१४,जेष्ठ.२०७८,शुक्रबार २१:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्