शनिबार देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । आज देशभर बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने छ।

अहिले देशभर बदली भइरहेको र थुप्रै स्थानमा पानी परिरहेको महाशाखाले जनकारी दिएको छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज दिनभर देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भइसकेपछि हुने धेरै असरहरु ९जस्तैः हिलो बाटो, हिले भीरपाखा ,अवरुद्ध यातायात र सञ्चार ,पहिरो, बाढी, जमिन कटान आदि० बाट बच्न÷बचाउन र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भोलि जेठ १६ गते आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

जेठ १७ गते सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र प्रदेशका १ का एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

१५,जेष्ठ.२०७८,शनिबार ०६:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्