काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

पत्रकारलाई राहत सहयोग प्रदान,सङ्क्रमण उच्च भएकाले पत्रकारलाई सुुरक्षित र सतर्क रहन आग्रह

5.42K
shares
khanepani bord

काठमाडौं । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँले बन्दाबन्दीमा समस्यामा परेका १३ पत्रकारलाई राहत सहयोग प्रदान गरेको छ । महासङ्घले कोरोनाको पछिल्लो महामारीमा समाचार सङ्कलनका लागि अग्रपङ्क्तिमा खटिएका पत्रकारलाई लक्षित गरी उक्त सहयोग उपलब्ध गराएको हो ।

कोरोना सङ्क्रमित केही सञ्चारकर्मीलाई सम्बन्धित अस्पतालमा लगेर भर्ना गरेर आर्थिक सहयोग तथा अन्य केहीलाई करीब रु ६५ हजार बराबरको सामग्री सहयोग गरेको
छ । जिल्ला शाखा अध्यक्ष सूूर्य सुुवेदीको अध्यक्षतामा कोरोना उपचार कोष स्थापनाका लागि सात सदस्यीय कार्यदल गठन गरिएको थियो ।

उक्त कोषमा वरिष्ठ पत्रकार देवेन्द्र गौतमले रु ५० हजार प्रदान गरेका थिए, भने शाखाका अन्य सदस्यले करीब रु एक लाख ५० हजार जम्मा गरी हाल रु दुुई लाख सङ्कलन भएको कार्यदल सदस्य कृष्णराज गौतमले जानकारी दिएका छन।

शाखाका अध्यक्ष सुुवेदीले पछिल्लो समयमा महामारीको सङ्क्रमण उच्च भएकाले पत्रकारलाई सुुरक्षित र सतर्क भई समाचार सङ्कलन तथा सम्प्रेषणमा क्रियाशील हुन आग्रह गर्दै विपत्मा परेका सञ्चारकर्मीलाई आवश्यक सहयोग जुटाइने प्रतिबद्धता व्यक्त गरेका छन ।

khanepani