काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

उपेन्द्र पक्षले महन्थसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने दियो लिखित चेतावनी

5.51K
shares
khanepani bord

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षलाई पार्टीबाटै निष्कासन गर्नेसम्मको चेतावनी दिएको छ । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दोस्रोपटक स्पष्टीकरण सोधेको हो।

दोस्रो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण बुझाउन भनिएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा जवाफ नदिए पार्टीबाट निष्कासनको कारवाही गर्ने चेतावनी दिइएको छ ।

IME
khanepani