
काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
जसपाका बहुमत पक्षले अध्यक्ष ठाकुरसहित चारजना नेतालाई सोधेको स्पष्टीकरणको केही समयमै ठाकुर पक्षले यादवलाई स्पष्टीकरण सोधेको हो ।
ठाकुर पक्षले यसअघि सोधेको स्पष्टीकरणको जवाफ आजसम्म नदिएको भन्दै २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नदिए जसपा नेपालको अन्तरिम विधान–२०७७ बमोजिम निष्कासनको समेत कारबाही हुने चेतावनी दिएको छ ।
यसअघि जसपाको बहुमत पक्षको तर्फबाट अध्यक्ष ठाकुर, नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेका थिए ।
स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन र जनता समाजवादी पार्टीको विधान अनुसार पार्टीबाट निष्कासनसम्मको कारबाही गर्ने उनले पत्रमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्