निजि क्षेत्रले उठाएका विषयलाई बजेटले समेटि दिएको छः चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अप्ठ्यारो परिस्थितिमा आएको बजेट समग्रमा सन्तोषजनक रहेको बताएका छन् । आगामी आर्थिक वर्षका लागि अध्यादेशबाट ल्याइएको बजेटपछि प्रतिक्रिया दिंदै उनले निजी क्षेत्रका धेरै सुझावहरु समेटिएको बताए ।

महामारीका बेला आएको बजेट भएका कारण यसले स्वास्थ्य क्षेत्र नै प्राथमिकतामा राख्नुपर्ने थियो त्यो राखेको ढकालले बताए । ‘सरसर्ती हेर्दा राम्रै छ, अझ हामी राम्रोसँग हेरेर संस्थागत धारणा पनि रार्वजनिक गर्नेछौं,’ उनले भने, ‘पर्यटन क्षेत्रलाई उत्पादनशील क्षेत्रको रुपमा व्याख्या गर्‍यो यो एकदमै राम्रो छ, आन्तरिक पर्यटनलाई सकारात्मक बनाउने केही व्यवस्थाहरु गरिएका छन् यो राम्रो कुरा हो ।’

१५,जेष्ठ.२०७८,शनिबार २०:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्