सरकारले चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने

काठमाडौं । सरकारले चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा बताएका हुन् । साथै, चलचित्र क्षेत्रलाई आर्थिक वर्ष २०७८ ७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण शुल्क छुट दिई स्वतः नवीकरण हुने ब्यवस्था मिलाइएको पौडेलले बताएका छन् ।

पहिलो र दोश्रो चरणको कोरोनाको महामारीका कारण चलचित्र क्षेत्र ठूलो समस्यामा परेको छ । प्रदर्शकहरुले लकडाउन र निषेधाज्ञाको समयमा लाग्ने विद्युत डिमाण्ड शुल्क मिनाहा गर्न सरकारसँग माग गर्दै आएका थिए ।

यस्र्तै, सरकारले सबै प्रदेशमा चलचित्र छायांकनस्थल निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले सबै प्रदेशहरुमा सम्भाव्यता अध्ययन गरी निर्माण प्रारम्भ गरिने बताए । त्यसका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताए ।

काभ्रेको बनेपामा आधुनिक चलचित्र स्टुडियो निर्माण गरिने उनले बताए । त्यस्तै, उत्कृष्ट चलचित्र निर्माणका नेपाल चलचित्र विकास वोर्डअन्तर्गत संचालित स्टोरी बैंकको अवधारणा कार्यान्वयनमा ल्याइने अर्थमन्त्री पौडेलले बताए ।

१५,जेष्ठ.२०७८,शनिबार २१:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्