काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभा विघटनका मुद्दा हेर्दाहेर्दैमा, संवैधानिक इजलासका न्यायाधीशबारे विवाद

5.59K
shares
khanepani bord

काठमाडौं । प्रतिनिधि सभा विघटनबारे परेका मुद्दा सोमबार पनि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। आइतबारको बहसमा ती मुद्दाहरूको प्रथम सुनुवाइ नसकिएकाले भोलि फेरि सुनुवाइ हुने भएको हो।

आजको इजलासमा रिट निवेदकका अधिवक्ताले संवैधानिक इजलासमा न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसी बस्न नहुने भन्दै आपत्ति जनाएका थिए।

यही विषयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र वरिष्ठ अधिवक्ताहरूबीच सवाल जवाफ नै नभएको थियो।

सर्वोच्च अदालत प्रशासन स्रोतले न्यायाधीशद्वय श्रेष्ठ र केसी संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्नेबारे भोलि निर्णय हुने र त्यसपछि मुद्दाको सुनुवाइ हुने बताएको छ।

khanepani