काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

कोरोनाको ‘हाइब्रिड’ भेरियन्ट भेटिएको भियतनामले हो ची मिन्ह सहरका सबै १ करोड ३० लाख मानिसको गर्ने परीक्षण

6.06K
shares
khanepani bord

एजेन्सी । कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएको पूर्वी एसियाली मुलुक भियतनामले देशको सबैभन्दा बढी जनसंख्या भएको सहर हो ची मिन्हका सबै मानिसको कोरोना परीक्षण गर्ने भएको छ।

भियतनामका सरकारी सञ्चारमाध्यमहरूका अनुसार सोमबारदेखि हो ची मिन्हमा दुई हप्ता लागि सामाजिक दूरी कायम गर्नु पर्ने नियम लगाइएको छ। यही बेला सरकारले सबै नागरिकको कोरोना परीक्षण गर्न लागेको हो।

सहरमा १०० भन्दा बढी नयाँ संक्रमित फेला परेपछि यस्तो निर्णय गरिएको हो।

यसअघि भियतनामका अधिकारीहरूले आफ्नो देशमा इन्डियन र युके भेरियन्ट दुबैको विशेषता भएको नयाँ भेरियन्ट फेला परेको बताएका थिए।

भियतनामका स्वास्थ्य मन्त्री एनगुयन थान्ह लोङले उक्त भेरियन्टमा इन्डियन भेरियन्टजस्तो तीव्र म्युटेसन हुने र युके भेरियन्टजस्तो बढी घातक हुने दुबै विशेषता रहेको बताए। यो भेरियन्टको हावाका माध्यमबाट छिटो फैलिने भएकाले निकै खतरनाक रहेको उनले बताए। खुला ठाउँमा पनि हावाबाट फैलिने हो कि बन्द कोठाभित्र फैलिने हो भन्नेबारे उनले केही खुलाएनन्।

भियतनाममा अहिलेसम्म ७ हजार १ सय मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४७ जनाले ज्यान गुमाएका छन्। गत अप्रिलयता त्यहाँ नयाँ भेरियन्टको भाइरस फैलिइरहेको छ।

भियतनाममा यसअघि भाइरसका ४ वटा युके भेरियन्ट र तीन वटा इन्डियन भेरियन्ट फेला परेका थिए।

स्वास्थ्य मन्त्री लोङले छिटै नयाँ भेरियन्टको जिनम डाटा प्रकाशन गर्ने बताएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अधिकारीहरूले भने भियतनाममा भेटिएको नयाँ भेरियन्टबारे अध्ययन भइनसेको र त्यहाँ रहेको आफ्नो कार्यालयले सरकारी अधिकारीसँग मिलेर काम गरिरहेको जनाएको छ।

भियतनाममा भेटिएको भेरियन्ट यसअघि भारतमा भेटिएको बी.१.६१७.२ भेरियन्ट भएको र त्यहाँ बढी संक्रामक देखिएको हुन सक्ने डब्लुएचओका अधिकारीहरूको अनुमान छ।

IME
khanepani